राष्ट्रपति र प्रधानमन्त्रीको शीतल निवासमा भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति कार्यालय शीलत निवास पुगेर भेटेका छन् ।

तुर्कमेनिस्तान भ्रमण सकेर शुक्रबार राति मात्र स्वदेश फर्किएका प्रधानमन्त्री ओली राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न शीतल निवास पुगेका हुन्।

भेटमा तुर्कमेनिस्तान भ्रमण र आयोजित कार्यक्रममा आफूले गरेको सम्बोधनका विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *