जनै हराएको मान्छेः सम्बन्धका धागाहरु ट्रेलर सार्वजनिक

काठमाडौं । फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ । जनै पूर्णिमाको अवसरमा शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि फिल्मको मुख्य पात्रले गर्ने संघर्ष छ । ट्रेलरमा कोरिया जान मुख्य पात्रले गरेको संघर्ष, काठमाडौंमा आएपछि ठगिएको कथा र त्यसपछि परिवन्धमा परेर गरेका अनेक काम र हन्डर समेटिएको छ ।

फिल्मका मुख्य पात्र विजय बराल बाउले लिएको ऋण चुक्ता गर्न कोरिया जानेभन्दै घरबाट हिँडेपछि कसरी काठमाडौंमा अड्किन्छन्, बाउलाई पक्कि घरको छानामुुनि बास बसाउन देखेको सपना पूरा गर्ने रहरमा आफ्नै जिन्दगी अरूको बन्दकमा राख्नु परेको बाध्यात्मक अवस्था ट्रेलरमा देखिएको छ ।

कोरिया जान नसकेपछि काठमाडौं छटपटिएर बसिरहँदा भेटिने मिरुना मगर र उनीसँगको प्रेम, दिदी केकी अधिकारीलाई भिनाजुले दिने दुःखलगायतका दृश्यले दर्शकको मन जित्छ ।

पारिवारिक कथामा बनेको निम्नमध्यम बर्गीय आम नेपालीको कथामा फिल्म बनेको ट्रेलरले देखाएको छ । त्यसैले आम नेपालीले चलचित्र मन पराउनेमा निर्माणपक्षको पूर्ण विश्वास छ ।

फिल्म भदौ ६ गते रिलिज हुँदै छ । हिमाल न्यौपानेले निर्देशन गरेको यो फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

फिल्ममा विजय बराल, मिरुना मगर र केकी अधिकारीसँगै सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *