नेपाली दूतावासले भन्यो – उत्तराखण्डमा हालसम्म कोही नेपाली मृत फेला परेका छैनन्
काठमाडौं । भारतस्थित नेपलाी दूतावासले उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको जानकारी दिएको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले बाढी पहिरोमा बेपत्ता भएपनि हालसम्म कुनै पनि नेपालीको शव फेला नपरेको स्पष्ट पारेको छ। दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था,हराइरहेका नेपालीको खोजी तथा उद्दारका लागि नेपाली दूतावासले निरन्तररुपमा उत्तरखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वयन गरिरहेको जनाएको छ।
‘बाढी पहिरोपछि त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था ,हराइरहेका नेपालीहरूको खोजि तथा उद्दार,घाइतेहरूको उपचार एवं अन्य आवश्यक सहयोगका लागि राजदूतावासले निरन्तर रुपमा उत्तरखण्ड सरकारका सम्बन्धित निकायहरू तथा सरकारको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको छ,’दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ
दूतावासका अनुसार हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट दुईजनाको शव फेला परेको छ। उत्तराखण्ड प्रदेश पौडी गढवालको बागोडामा अकस्मात आएको बाढीमा पाँचजना नेपाली बेपत्ता भएका छन्।
घाइते भएका ४ जना नेपालीहरूमध्ये उपचारपछि ३ जना घर फर्किएको र एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।
Facebook Comment