‘ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्तिपूजाबाट प्रेरित होइन’

धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई देवत्वकरण होइन, वर्तमान राजनीतिक परिस्थितिको आवश्यकता भएको बताएका छन् ।

भट्टका अनुसार ओलीलाई चाँडै बुझ्न कठिन भए पनि उनले चालेका कदमको अर्थ पछि मात्र स्पष्ट हुने अद्भुत क्षमता छ । ‘ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्तिपूजाबाट प्रेरित होइन,’ भट्टले भने ।

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका भट्टका अनुसार एमाले हाल वैचारिक र सैद्धान्तिक रूपमा मुलुकको कम्युनिष्ट आन्दोलनको केन्द्र हो र यो सम्भव बनाउने नेतृत्व ओलीकै हातमा छ । ‘राष्ट्रियताका लागि अहिलेको नेतृत्व केपी ओली हो र हुनुहुन्छ। शक्ति, संगठन र समर्थनमा एमाले एक नम्बर पार्टी हो,’ उनले दाबी गरे ।

‘एमालेभित्र केही आन्तरिक समस्या रहेको स्वीकार गर्दै भट्टले सुधारका लागि पार्टीले आत्मसुधारमा ध्यान दिनुपर्ने छ । ओलीजस्तो खट्ने, सपना देख्ने र सक्रिय रहने नेता नेपालमा छैन,’ राष्ट्रपति संस्थाको गरिमा जोगाउने प्रतिबद्धता व्यक्त गर्दै उनले थपे, ‘राष्ट्रपतिलाई सम्मानित भएर बस्न हामीले भइसकेका छौँ। गणतन्त्रको गरिमा र गौरवका रूपमा हामीले सम्मान गर्ने निर्णय गरिसकेका छौँ।’

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै इन्चार्ज भट्टले बैठकमा समर्थन बाहिर बिरोध गर्ने कुराले अर्थ नरहने बताए । प्रशिक्षण तथा बैठक कंचनपुरको महेन्द्र नगरमा आयोजना गरिएको हो ।

पार्टी स्थायी कमिटी सदस्य भानभक्त ढकाल, चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डे, एमाले पोलिटब्यूरो सदस्य निरुदेवी पाल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, चौतारीका उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामासहित सहभागी थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *