कोदो प्रयोग बढाउने अभियानमा फेदीखोला

काठमाडौं । स्थानीयलाई कोदो खेतीमा आकर्षित गर्न र कोदोका परिकारको प्रवर्द्धन गर्न फेदीखोला गाउँपालिकाले पहिलो राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । साउन १६ गते फेदीखोला गाउँपालिका वडा नं १ रामकोटमा कोदो रोपेर पहिलो राष्ट्रिय कोदो दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा कोदाको बहुउपयोगी परिकार प्रदर्शनीसहित उपयोग गरिने पालिकाले जनाएको छ ।

पालिकाले एक सार्वजनिक सूचना जारी गरी कोदोको उत्पादन र प्रयोग बढाउन स्थानीयलाई आग्रह गरेको छ । फेदीखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रममा पनि कोदो महत्वलाई समावेश गरेको छ । जारी सूचनामा भनिएको छ, ‘पालिकाको स्थानीय पाठ्यक्रमको कक्षा ६ मा (हाम्रो फेदीखोला पुस्तकमा ) “कोदोः बहुउपयोगी खाद्यन्न” भन्ने पाठ्यवस्तु शैक्षिक शत्र २०७८ देखि समावेश गरेका छौँ ।’

दिवसको अवसरमा गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयमा कोदोको महत्व र उपयोगिता सम्बन्धी सचेतना कार्यक्रम गर्ने, विद्यालयको दिवा खाजाको साप्ताहिक तालिकामा कोदोको परिकार समावेश गरी विद्यालयमा सन्चालित चमेना गृहमा हप्ताको १ दिन कोदोको परिकारको खाजाको व्यवस्थापन अनिवार्य गराउने लगायतका कार्यक्रम तय गरिएको छ।

पालिकाले जारी गरेको सूचना हेर्नुहोस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *