चिकित्सक सङ्घद्वारा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले सरकारसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको निर्देशनमा गत असार २४ गते सरकारले सङ्घसँग गरेको उपभोक्ता संरक्षण ऐनलगायत विद्यमान कानुनी तथा नीतिगत व्यवस्था संशोधनका लागि तीन बुँदे सहमति कार्यान्वन गर्नुपर्ने माग गरेको हो ।

सरकार र सङ्घबीच विद्यमान कानुनी एवम् नीतिगत व्यवस्थामा आवश्यक संशोधनलगायत विषयमा ११ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नेगरी तीन सदस्यीय कार्यदल गठन भएको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारकासँग भएको सहमति समयमै पालना नहुँदा भविष्यमा मौखिक वा लिखित प्रतिबद्धतामाथि विश्वास गर्ने कुनै आधार हुँदैन । यसबाट नेपाल सरकारको विश्वसनीयता पनि गुम्ने स्थिति सिर्जना हुने प्रति ध्यानाकर्षण गराउन चाहन्छौँ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *