तेलुगु अभिनेता फिशको निधन

मुम्बई(एजेन्सी) । फिल्ममा आफ्नो परफेक्ट कमिङ टाइमिङका लागि प्रख्यात कलाकार फिश वेंकटको निधन भएको छ । उनको ५३ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

उनी लामो समयदेखि अस्वस्थ थिए । मृगौला फेल भएपछि उनी केही दिन अघि अस्पताल भर्ना गरिएका थिए । उनको परिवार मृगौला प्रत्यारोपणको लागि दाताको खोजीमा थिए । उनी आइसियुमा भर्ना भएका थिए ।

उनको मृगौला प्रत्यारोपणका लागि ५० लाख रुपैंयाँ आवश्यक थियो । तर उक्त रकम जुटाउनका लागि दाता भेटिएनन् । केही समयअघि मात्र फिशकी छोरीले पिताको सहयोगका लागि अभिनेता प्रभासले ५० लाख रुपैंयाँ दिने बचन दिएको बताएकी थिइन् । उनले प्रभासको सहायकले फोन गरेर आर्थिक सहयोग गर्ने वचन दिएको बताएकी थिइन् । तर पछि प्रभासको टिमबाट कसैले पनि फोन नगरेको खुलेको थियो ।

फिश वेंकटको वास्तविक नाम मंगलमपल्ली वेंकटेश हो । तेलंगाना भाषामा उनलाई फिश वेंकट भनिन्छ । उनले पवन कल्याण स्टारर ‘गब्बर सिंह’, ‘हिप्पी’, ‘आदी’, ‘सुपरस्टार’, ‘किडन्याप’ जस्ता फिल्ममा अभिनय गरेका थिए । उनको तुलना अभिनेता रामी रेड्डीसँग गरिन्थ्यो किनकी उनीहरुको अनुहार केही हदसम्म मिल्थ्यो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *