अस्कर कलेजमा फिल्म साक्षरता अभियान

काठमाडौं । दुई दशकदेखि फिल्म अध्यापन गर्दै आएको अस्कर इन्टरनेशनल कलेजले साउन ४ गते आइतबार फिल्म साक्षरता अभियान सञ्चालन गर्ने भएको छ । कलेज परिसरमा हुने एक दिने साक्षरता अभियानमा निर्देशन, पटकथा लेखन, अभिनय, छायांकन आदि विधाका आधारभूत कुराहरू सिकाइने प्रधानाध्यापक रामराजा दाहालले बताए ।

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म साक्षरता अभियानमा कलेजका विद्यार्थीद्वारा बनाइएका केही उत्कृष्ट फिल्मसमेत प्रदर्शन हुनेछन् । कार्यक्रममा फिल्मप्रति इच्छुक नयाँ पुस्ताका सय जनाभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको छ ।

यसअघि नेपालका १० ठूला सहरमा देशव्यापी सिनेमा साक्षरता अभियान सम्पन्न गरेको कलेजले सोही कार्यक्रमको निरन्तरताका रूपमा एक दिने अभियान सञ्चालन गर्न लागेको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *