सिटामोलको मुटुभित्र खिल छ हजुर

काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित संगीतबार बाबुल गिरी पनि भिडियोमा देखिएका छन् ।

संगीतकार बाबुल गिरीको संगीत तथा स्वर रहेको गीतको शब्द गोविन्द भट्टको हो । फिल्मको यसअघि सार्वजनिक टिजरमा समावेश सानो अंश नै सामाजिक सञ्जाल फेसकुक तथा टिकटकमा हिट भएपछि निर्माण टिमले आज पुरा गीत सार्वजनिक गरेको हो । यो गीतले दर्शकमाझ फिल्मको हाइप उच्च बनाउने विश्वास निर्माण टिमको छ ।

राजबहादुर साने निर्देशित फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह(निर्मातामा छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *