‘साम्बाला’ सर्वोत्कृष्ट फिल्म, विजय र उपासना सर्वोत्कृष्ट अभिनेता–अभिनेत्री
काठमाडौं । चलचित्र विकास बोर्डले सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’मा निर्देशक मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बला’ सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र घोषित भएको छ ।
त्यस्तै यही फिल्मका लागि निर्देशक मीनबहादुर भाम ‘उत्कृष्ट निर्देशक’ घोषित भए । यस्तै फिल्म ‘पूर्णबहादुरको सारंगी’बाट विजय बराल ‘उत्कृष्ट अभिनेता’, ‘खुस्मा’बाट उपासना सिंह ठकुरी ‘उत्कृष्ट अभिनेत्री’, ‘पुजार सार्की’बाट भरत रेग्मी ‘उत्कृष्ट सम्पादक’, ‘पिताम्बर’बाट पुरुषोत्तमा प्रधान ‘उत्कृष्ट छाँयाकार’, ‘छक्का पन्जा ५’बाट दीपकराज गिरी ‘उत्कृष्ट लेखन’ घोषित भए ।
यस्तै नेपाल भाषाको ‘गालय् वन’ ‘उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र’ घोषित हुँदा अभिनेता प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’बाट ‘निर्णायक समिति प्रोत्साहन पुरस्कार’ प्राप्त गरे । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा निर्देशक लक्ष्मीनाथ शर्मालाई नगद ३ लाख ७५ हजार रुपैंयाँसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो ।
Facebook Comment