अभिमन्यू च्याप्टर १ पोस्टरमा कामेश्वर

काठमाडौं । फिल्म ‘अभिमन्युः च्याप्टर–१’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कामेश्वर चौरासियालाई खुशीले कराइरहेको देख्न सकिन्छ । पृष्ठभूमिमा विराटनगर कारागार छ । उनको अगाडि रातो डफल ब्याग छ ।

फिल्म भदौ २७ गते रिलिज हुँदै छ । यसको हिन्दी भर्सन भने असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुँदैछ । फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा बोल्ने निर्माण पक्षले जनाएको छ ।

पोस्टप्रोडक्सनमा रहेको फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा सुशान्त गौतमको निर्देशन छ । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशकमा मदन थापा छन् । फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस फिल्ममा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक रहेका छन् । फिल्ममा शरद महतोको डिओपी रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *