जदौमा प्रभातपाल जोडिए

काठमाडौं । अन्तरजातिय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ मा प्रभातपाल ठकुरी अनुबन्धित भएका छन् । प्रभातपाललाई फिल्ममा अभिनेत्री निती शाहको जोडीका रुपमा देख्न पाइने छ । निर्देशक सार्वजनिक नगरिएको फिल्मको लेखक तथा निर्माण परिकल्पनाकार काजी लिम्बू हुन् ।

फिल्ममा यसअघि नै मुकुन भुसाल, निती शाह, ऋचा शर्मा र विनोद न्यौपाने अनुबन्धित् भइसकेका छन् । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,सुमीत्रा देवकोटा र नारायण शास्त्री छन् ।

बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुने जानकारी सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले दिइन् ।

बाबुल गिरीको संगीत अनि श्याम तामाङको छायांकन रहने फिल्म दाङ तथा प्युठानका विभिन्न स्थानमा खिचिनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *