माग्ने राजाबारे के भन्छिन् वर्षा
काठमाडौं । फिल्म ‘नाइँ नभन्नू ल २’बाट नेपाली फिल्ममा पाइला चालेकी अभिनेत्री वर्षा सिवाकोटीको फिल्मी करियर यतिवेला उत्कर्षमा छ । उनी अहिले एकपछि अर्को फिल्ममा अनुबन्धित भैरहेकी छन् । सफलताको एकपछि अर्को खुड्कीलोमा यात्रारत वर्षाको मुख्य भूमिका रहेको आगामी भदौ ६ गते रिलिज हुने फिल्म ‘माग्ने राजा’मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को जोडीका रुपमा दर्शकमाझ देखिँदैछिन् ।
‘मलाई फिल्ममा प्रस्ताव आउनासाथ मैले काम गर्न सहमत जनाएँ । किनकी राम्रो टिमको लोभ थियो । केदार दाईसँग मैले छक्का पन्जा ५ मा सहकार्य गरिसकेकाले पनि म माग्ने राजामा काम गर्न राजी भएँ’, वर्षा भन्छिन् । पहिलोपटक केदार ‘माग्ने राजा’मा प्रमुख भूमिकामा रहेकाले आफू उत्साहित रहेको उनले खुलाइन् ।
उनले निर्देशक ऋषि लामिछाने पनि लामो समयपछि निर्देशनमा कमव्याक गरेको र लेखक सामिप्यराज तिमल्सेनाको स्क्रिप्टमा आफूले यसअघि नै फिल्ममा काम गरिसकेकाले फिल्ममा केही पक्कै फरक हुनेछ भनेर सहकार्य गरेको बताइन् ।
सधैं गरिरहेको क्यारेक्टर भन्दा ‘माग्ने राजा’मा आफू फरक देखिएको वर्षाको दाबी छ । ‘फिल्मको कथावस्तु नै फरक छ । मेरो जुन क्यारेक्टर भन्नुभएको छ, त्यसमा उहाँहरुले न्यारेट गर्दाखेरी त्यस्तो देखिन्छु या देखिन्नँ भन्ने थियो । तर उहाँहरुको सोचाई अनुसार नै मैले काम गरेकी छु’, वर्षा भन्छिन् ।
वर्षाले निर्माण पक्षको योजना अनुसार नै फिल्म बनेकाले फिल्म सफल हुनेमा आफू ढुक्क रहेको बताइन् । ‘निर्माता र निर्देशकको योजना अनुसार नै काम भएको छ । टिम र स्क्रिप्ट राम्रो भएर पनि हुँदैन, त्यसलाई बजारमा कसरी प्रस्तुत गर्ने भन्ने पनि हुन्छ । हामी यति लामो समयदेखि व्यवासायिक रुपमा काम गरिरहेको हिसाब पनि सोच्नुपर्ने भयो । उहाँहरुको काम गराई देखेपछि काम गर्न पनि सजिलो भयो’, उनी भन्छिन् ।
फिल्मले कन्टेन्टले दर्शकले रिलेट गर्न सक्ने वर्षाको भनाई छ । ‘फिल्मले अहिलेको वर्तमान अवस्थालाई चित्रण गरेको छ । हाम्रो समाजले निम्न, उपल्लो वर्ग भनेर सिकाएको छ । फिल्मले सबै वर्गलाई प्रतिनिधित्व गर्छ । अहिलेको राजनीतिक अवस्थालाई पनि यसले केही चत्रिण गरको छ । फिल्मले राजनीति, साथी, परिवार र प्रेमिकाको कुरालाई बलियो गरी प्रस्तत गरेको छ’, वर्षाको भनाई छ ।
फिल्म ‘छक्का पन्जा ५’मा आफूले काम देखाउन पाएकैले सन्तुष्टि मिलेको उनले बताइन् । ‘मैले अहिलेसम्म काम गरेका फिल्ममध्ये अलिकित बढी एप्रिसियट पाएको छक्का पन्जा ५ बाटै हो । किनभने त्यो लेभलको सपोर्ट अहिलेसम्म मैले पाएको थिइनँ । राम्रो काम गर्नुहुँदो रहेछ है भनेर रेस्पोन्स आएको छक्का पन्जा ५ हो । ‘माग्ने राजा’मा पक्कै पनि त्यो भन्दा मैले केही फरक गरेको छु जस्तो लाग्छ’, उनी भन्छिन् ।
उनले सुरुमा फिल्मको नाम सुन्दा रोचक लागेको बताइन् । ‘माग्ने भन्नासाथ दिमागमा धेरै कुरा आउने भएकाले ती आएका कुरालाई एउटै चरित्रले पोट्रे गर्ने उनको दाबी छ ।
Facebook Comment