गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको अवसरमा शुभकामना दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले गुरु अन्धकारबाट प्रकाशमा पु¥याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र भएको बताए ।

उनले भने, ‘आज गुरु पूर्णिमा । यस दिनलाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइन्छ । हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ । गुरु अन्धकारबाट प्रकाशमा पु¥याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् ।’

उनले हामीलाई अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’चाहिएको बताए । त्यस्तो दीप भनेको विवेक रहेको उनको बुझाई छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *