दीपकले सुरु गरे पाेडकास्ट

काठमाडौं । दुई दशक बढी समयदेखि गायनमा सक्रिय दीपक बज्राचार्य अब पोडकास्टरका रुपमा दर्शकमाझ आउने भएका छन् । उनले पोडकास्ट श्रृंखला ‘प्रोजेक्ट नजिक ’ सञ्चालनमा ल्याएका छन् ।

यसअघि पनि टेलिभिजनको सांगीतिक कार्यक्रम ‘टिएमएस’ का मार्फत धेरै इपिसोड कार्यक्रम सञ्चालक भएका गायक बज्राचार्यको पोडकास्ट मगलबार बेलुका ८ बजे देखि एपिवान टेलिभिजनबाट प्रसारण हुँदैछ ।

गायक बज्राचार्यले पर्दा पछाडि रहेर समाजमा योगदान दिएका हरेक क्षेत्रका व्यक्तिहरुसँग कुराकानी गर्न पोडकास्ट सञ्चालनमा ल्याएको बताए । ‘आफ्नै समकालीन साथीहरुसँग बसेर आफ्नो शुभ चिन्तकहरुसँग नजिक हुन, ओझेलमा परेका स्रस्टाहरुको योगदानको कदर गर्न र लोप हुन लागेको तथा नचिनिएको नेपाली बाजाहरुलाई नजिकबाट चिनाउन पोडकास्ट चलाउन सुरु गरेको हुँ’, उनले भने ।

पोडकास्ट श्रंखलाको सार्वजनिक प्रोमोमा बरिस्ठ लोकगायक कुमार बस्नेत, सञ्चारकर्मी प्रकाश सुवेदी, नेपालका पहिलो ड्रमर देव राना, सांगीतिक ब्याण्ड १९७४ एडीका गीतारिस्ट मनोज केसी लगायतको क्लिप्स राखिएको छ ।

एपिवान टेलिभिजनमा प्रसारणपछि पोडकास्ट श्रंखलाका इपिसोडहरुलाई दीपक बज्राचार्यको युट्युब च्यानल ‘डी प्रोडक्सन’ मार्फत हेर्न सकिने छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *