विल्सनको मैझारोमा धिरज

काठमाडौं । तक्मे प्रोडक्सनको ब्यानरमा फिल्म ‘मैझारो’ निर्माण हुने भएको छ। सोमबार निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगर अनुबन्ध गर्दै फिल्म निर्माणको घोषणा गरेको हो। फिल्मको लेखन तथा निर्देशन कलाकार विल्सन विक्रम राईले गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो।

बाल्यकालमा नै अभिनेता राजेश हमालको फिल्म ‘साथी’मा अभिनय गरेका विल्सनले त्यसयता दर्जनौ फिल्ममा अभिनय गरेर दर्शकको मन जितिसकेका छन् ।

फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत र सौरभ लामाको छायांकन हुनेछ । निर्माण टिमका अनुसार अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गरिनेछ।

फिल्मको साउनको पहिलो हप्ताबाट छायांकन हुने फिल्म ईलाम र पाँचथरमा खिचिनेछ । निर्देशक राईले सामाजिक कथावस्तुमा आधारित फिल्मले पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई देखाउने बताए ।

तक्मे प्रोडक्सनले यसअघि निर्माण गरेका हास्य सामग्री र सांगीतिक प्रस्तुतिहरू लोकप्रिय रहेका छन्। विल्सन लोकप्रिय हास्य टेलिफिल्म ‘मेरी बास्सै’ मार्फत ‘तक्मे बुढा’ नामले चर्चामा आएका थिए। अभिनयका साथै उनी गायक र संगीतकार पनि हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *