मोहरको झुम झुम झुम्किका
काठमाडौं । साउन २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ ।
भिडियोमा फिल्मका मुख्य नायक पल शाह र नायिका बेनिशा हमालको अभिनय छ । डान्सिङ नम्बरको गीतमा पल र बेनिशा छमछमी नाचेका छन् । यसअघि सार्वजनिक फिल्मको शिर्ष गीतमा नायक पल शाह र नायिका नीति शाहको जोडीलाई देखाइएको थियो ।
यो गीतको भिडियोमा भने पलले लामो कपाल पालेका छन् । गीतमा फिल्मकी मुख्य कलाकार मिथिला शर्मा, बाल–कलाकार सारा शर्मालाई पनि देख्न सकिन्छ ।
फिल्म मेकर्स प्रा।लिको व्यारनमा निर्माण भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्ममा अर्जुन जंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ ।
फिल्ममा कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ । देउकी प्रथाको कथामा तयार भएको यो फिल्ममा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन छ । लक्ष्मण राज पौडेल निर्माण नियन्त्रक रहेको यो फिल्मको सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
Facebook Comment