लागुऔषध कारोबारी नियन्त्रणमा लिन हवाइ फायर, तीन पक्राउ
विराटनगर । मोरङको रंगेलीमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ।
लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो। गोली चलाएको प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ पनि गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सन्जेल सहितको टोली खटिएको थियो।
पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही स्थानका ३८ वर्षीय सुशील बुढाथोकी र एक भारतीय महिलालाई पक्राउ गरेको हो। भारतीय महिलाको पहिचान खुलेको छैन।
Facebook Comment