कलाकार लक्ष्मी श्रेष्ठको निधन
काठमाडौँ । टेलिफिल्म ‘मेरी बास्सै’मा अप्सरा आमाको भूमिकामा अभिनय गरेर लोकप्रिय बनेकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। केही महिनादेखि अस्वस्थ्य भएर घरमै थलिएकी श्रेष्ठको शुक्रबार निधन भएको हो ।
‘मेरी बास्सै’ सिरियलमा लक्ष्मीले सीताराम कट्टेलले निर्वाह गर्नेमध्ये एउटा पात्र खड्काजीको श्रीमती (अप्सरा आमा) को छुच्चो पात्रको भूमिकामा अभिनय गरेकी थिइन्।
उनी स्तन क्यान्सर लगायतका रोगबाट पीडित थिइन्। लक्ष्मीले ‘जिरे खुर्सानी’ ‘कान्छी’, ‘उल्टो सुल्टो’ सहित अन्य केही सिरियल, थुप्रै फिल्म र म्युजिक भिडिओमा समेत अभिनय गरेकी छन्। उनी शिवहरि पौड्यालको निर्देशनमा बनेको फिल्म लक्का जवानमा समेत देखिएकी थिइन्।
Facebook Comment