सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, स्थिति नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर
जनकपुर । धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच भिडन्त भएको छ ।
बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैचामा राखेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरूको समूहले भाटा र ढुङ्गामुढासहित प्रहरीमाथि आक्रमण गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्काले बताए ।
भिडन्तका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएको र घाइते सशस्त्र प्रहरीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।
Facebook Comment