रंगिन यात्रामा प्रज्जवल र इशु
काठमाडौं । प्रज्जवल कार्कीको शब्द, संगीत र स्वरमा रहेको गीत ‘रंगिन यात्रा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा प्रज्जवल र इशु पुन मगरको अभिनय छ ।
भिडियोमा इशुलाई देखेपछि प्रज्जवलले व्यक्त गर्ने प्रेमभावलाई प्रस्तुत गरिएको छ । पुकार पुर्जाको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकरको छायांकन र सुवास सुवेदीको सम्पादन छ ।
Facebook Comment