शिरिषको फूलबाट जीवनकाे कमब्याक

काठमाडौं । अभिनेता जीवन लुइँटेल अब रंगमञ्चमा देखिने भएका छन्। कान्तिपुर थिएटरले साउन १ गतेदेखि मञ्चन गर्न लागेको नाटक ‘शिरिषको फूल’ मा उनी मुख्य पात्र सुयोगवीरको भूमिकामा देखिने भएका हुन्।

साहित्यकार पारिजातको कालजयी उपन्यासमा आधारित यस नाटकमार्फत लुइँटेलले अमेरिका बसाइपछि पहिलोपटक अभिनयमा कमब्याक गर्न लागेका हुन्। नाटकको लेखन र निर्देशन कान्तिपुर फिल्म एकेडेमीकी विद्यार्थी पत्रिका घिमिरेले गरिरहेकी छन् ।

कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका सिईओ प्रकाश पुरीका अनुसार नाटक मञ्चनकै लागि लुइँटेल आगामी साता नेपाल आउँदै छन्। ‘हामीलाई साहित्यमा पकड र अभिनयमा गहिरो अनुभूति भएको उमेर र अनुभवका आभारमा परिपक्व पात्र चाहिएको थियो, त्यसैले उहाँलाई प्रस्ताव गर्यौँ’ ।

नाटकमा प्रमुख पात्र सकम्बरीको भूमिकामा कसले अभिनय गर्ने भन्नेबारे भने हालसम्म खुलाइएको छैन। गत महिना कान्तिपुर थिएटरले रेखा थापाको मुख्य भूमिकामा मञ्चन गरेको नाटक ‘मीरा’ ले चर्चा कमाएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *