जहाजैमामा सौगात अनुबन्धित
काठमाडौं । भदौबाट जापानमा छायांकन सुरु हुन लागेको फिल्म ‘जहाजैमा’मा नायक सौगात मल्ल अनुवन्धित भएका छन् । नायक सौगात मल्लसँग निर्माण टिमले कागजी संझौता गरिसकेको छ ।
यो फिल्ममा सौगातको भूमिका कस्तो रहने हो भन्ने खुलाइएको छैन । तर, सौगातले भूमिका निकै नै मन पराएपछि काम गर्न राजी भएको बुझिएको छ ।
कृषा चौलागाइको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा यसअघि कलाकार केदार घिमिरे पनि फाइनल भइसकेका छन् । फिल्ममा केदारको भूमिका कस्तो हुनेछ भन्ने पनि केही खुलाइएको छैन ।
फिल्ममा अन्य केही स्टार कलाकारहरुको अभिनय रहने बुझिएको छ । फिल्ममा जापानीज अभिनेत्री रुजेल इचिमियाले पनि काम गर्ने पक्का भइसकेको छ ।
फिल्म ‘पिताम्बर’पछि कृषा र सौगातले दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी रहनेछ ।
फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्ने यो फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ ।
Facebook Comment