यो मन त मेरो नेपाली होको टिजर सार्वजनिक
काठमाडौं । यही असार २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘यो मन त मेरो नेपाली हो’ ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्वलाई देखाउन खोजिएको छ ।
निर्देशक मित्र प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुमा फिल्म निर्माण गरेको बताए ।
फिल्मका निर्माता तथा कलाकार रोशन श्रेष्ठले यो फिल्म हरेक नेपालीले हेर्नु पर्ने बनेको बताए । कलाकार विजय बरालले फरक फिल्म भएको र यसले नेपाली भाषा, साहित्य र कलालाई जोड्ने काम गरेको बताए ।
अर्का कलाकार विल्सनविक्रम राईले आफूले फिल्मको कथामा मिल्ने गीतसमेत लेखेको र यो कथा नजिक बाट देखेकोले फिल्म उत्कृस्ट बनेको बताए। फिल्मकी नायिका आयुषा समाल आफुले बिदेशमा बसेर पनि नेपाली भाषा सिक्न र जोगाउन लागेको बताइन् ।
फिल्ममा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भन्डारी, बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्म ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।
अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ ।सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको फिल्म संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ । फिल्म आरआर फिल्मसले वितरण गर्दैछ।
Facebook Comment