ताप्लेजुङका पाँच स्थानीय तहद्वारा बजेट सार्वजनिक
फुङ्लिङ (ताप्लेजुङ) । एक नगरपालिकासहित नौ स्थानीय तह रहेको जिल्लाका सिदिङ्वा, सिरिजङ्घा, आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले बजेट सार्वजनिक गरका छन् । पाँच स्थानीय तहले रु दुई अर्ब ५० करोड ९२ लाख १६ हजार ७९१ को बजेट सार्वजनिक गरेका छन् ।
यही असार ५ गते सिदिङ्वा गाउँपालिकाले रु ४४ करोड ५२ लाख ८७ हजारको बजेट प्रस्तुत गरेको थियो । सिरिजङ्घा गाउँपालिकाको १७औँ गाउँसभामार्फत आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि पालिका उपाध्यक्ष डा चित्र माबोले रु ५८ करोड ७४ लाख आठ हजार ८६३ को बजेट सार्वजनिक गरेका छन् ।
आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले यही असार ९ गते एकैदिन बजेट गाउँसभामा पेस गरेका छन् । आठराई त्रिवेणी गाउँपालिकाको २१औँ गाउँसभामार्फत आव २०८२÷८३ का लागि पालिका उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले रु ५२ करोड ३६ लाख ५४ हजार बजेट प्रस्तुत गरेका छन् । मेरिङ्देन गाउँपालिकाले १८औँ गाउँसभामार्फत पालिका उपाध्यक्ष दुर्गा श्रेङचोङबाङले रु ५० करोड ५७ लाख ५० हजार ९२८ को बजेट गाउँसभामा पेस गरेकी छन् ।
त्यसैगरी, मैवाखोला गाउँपालिकाले १७औँ गाउँसभामार्फत पालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले रु ४४ करोड ७१ लाख १५ हजारको बजेट गाउँसभामा पेस गरेकी छन् । बाँकी फुङ्लिङ नगरपालिका, फक्ताङलुङ, मिक्वाखोला र पाथिभरा याङवरक गाउँपालिकाको आज बजेट सार्वजनिक गर्ने तयारीमा रहेको छन् ।
Facebook Comment