इरानमाथिको आक्रमणपछि ट्रम्पको सम्बोधन: अझै धेरै ठाउँ निशाना बनाउन बाँकी रहेको चेतावनी
काठमाडौं । इरानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सम्बोधनमा उनले इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहू र इजरायली सेनालाई आभार प्रकट गरे।
सम्बोधन गर्दै ट्रम्पले भने, ‘इरानका धेरै ठाउँलाई निशाना बनाउन बाँकी छ। अब इरानले शान्तिको बाटो अँगाल्नुपर्छ। यदि उसले त्यसो गरेन भने भविष्यमा अझै ठूला आक्रमणहरू हुनेछ।’
इरानका परमाणु केन्द्रबारे वर्षौंदेखि नाम सुनिरहेको र त्यहाँ खतरनाक र विनाशकारी योजना बनिरहेको ट्रम्पको दाबी छ। उनले आज राति गरिएका आक्रमणहरू पूर्ण रूपमा सफल भएका बताए।
अमेरिकी सेनाले इरानको फोर्दो, नतांज र इस्फहानमा रहेका तीनवटा आणविक केन्द्रमा आक्रमण गरेको थियो।
Facebook Comment