फस्ट लुकमा माग्ने राजा

काठमाडौं । ऋषि लामिछानेको निर्देशनमा निर्माण गरिएको फिल्म ‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार प्रज्ञा डबलीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा गरिएको हो ।

यो फिल्म आगामी भदौ ६ गतेबाट विश्वव्यापी प्रदर्शनमा ल्याउने जानकारी दिइएको छ । फिल्मका सार्वजनिक दुई पोस्टर मध्ये एउटामा अभिनेता केदार घिमिरे (माग्ने बुढा) कुर्सीमा पैसासहित राजकिय शैलीमा प्रस्तुत गरिएको छ। अर्को पोस्टरमा फिल्मका तीन मुख्य कलाकार केदार घिमिरे, वर्षा सिवाकोटी र विल्सन विक्रम राईलाई स्थान दिइएको छ ।

यो फिल्मबाट निर्देशक ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने बताए ।

यो फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि फिल्म ‘इच्छा’ रिलिजको लामो समयपछि निर्माणमा फर्केका हुन् । उनी हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।

निर्देशक लामिछाने र निर्माता घिमिरेबीच यो तेस्रो पटक सहकार्य गरेका हुन् । उनीहरुले निर्माण सहकार्य गरेका दुई फिल्म ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान्(श्रीमती’ बक्सअफिसमा सुपरहिट भएका थिए । निर्देशक लामिछाने आफुहरुको तेस्रो सहकार्य पनि सुपरहिट हुने दाबी कार्यक्रममा गरे ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा केदार घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । यो फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।

आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा, बाबुल गिरीको संगीत रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *