‘क्या हो तेरो चाला’: नरेन्द्र मल्लको नयाँ गीत
काठमाडौं— गायक तथा सञ्चारकर्मी नरेन्द्र मल्लले नयाँ गीत ‘क्या हो तेरो चाला’ सार्वजनिक गरेका छन् ।
सुदूरपश्चिम र मध्यपश्चिमको खस भाषालाई जगेर्ना गर्ने गरी नयाँ गीत बजारमा ल्याएको गायक मल्लले बताए । उनले भने, ‘यो गीतमा सुदूरपश्चिम तथा मध्यपश्चिमको खस भाषालाई जगेर्ना गर्ने गरी सामग्री प्रस्तुत गरिएको छ । पूराना संस्कार र संस्कृतिको संरक्षणमा युवा पुस्ता जुट्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ। आशा छ मन पराइदिनुहुनेछ।’
मल्लले गीतमार्फत गाउँबाट शहर प्रवेश गरेकी प्रेमिकाले गाउँले परिवेशलाई भुलेपछि गाउँको प्रेमीलाई कस्तो आघात हुन्छ भन्ने कुरा प्रवाह गर्न खोजिएको बताए ।
डडेल्धुराको प्रशिद्ध दरबार तथा चुरे क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोले दर्शन तथा र श्रोतालाई मनोरञ्जन प्रदान गर्नसक्छ भन्ने आशा लिएको मल्लको भनाइ छ ।
नरेन्द्र मल्ल र रेखा जोशीको स्वरमा रहेको गीतको लय/शब्द हर्क विवश खनालको छ भने गायक मल्लले नै सङ्गीत सुधार गरेका छन् ।
दिपक संगम बीसीले एरेन्ज र रेकर्डिस्टको काम गरेका छन् । भिडियोलाई अनमोल बीसीले निर्देशन गरेका छन् ।
हेर्नुहोस् गीतको भिडियो ।
Facebook Comment