आज नेप्से परिसूचक घट्यो, कारोबार रकममा भने सुधार
काठमाडौं— सेयर कारोबार साताको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३.९० अंकले घटेको थियो। आज नेप्से परिसूचक १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा अडिएको छ। नेप्से घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ। मंगलबार ७ अर्ब ६५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
यसदिन ३१४ स्क्रिप्सको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार ८७७ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक सामान्य अंकले घटेपनि एउटा कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। पियोर इनर्जीको सेयर १० प्रतिशतले बढ्यो।
जोशी हाइड्रोपावरको सेयर ९.९० प्रतिशतले बढ्दा युनियन हाइड्रोपावर ९.२२ ,युनियन हाइड्रोपावरको ९.२२ ,सिंगटी हाइड्रोपावरको ८.०९ र पञ्चकन्या माइ हाइड्रोपावरको ८.०५ प्रतिशत सेयर बढेको हो।
यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने गुमाए। सो बैंकको सेयर सर्वाधिक १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७१ करोड ७८ लाख २२ हजार ९६६ रुपैयाँको सेयर कारोबार भयो।
सिंगटी हाइड्रोपावरको ६१ करोडको सेयर कारोबार हुँदा बुटवल पावरको ४५ करोड,नगदी ग्रुपको ३७ करोड र युनियन हाइड्रोपावरको ३० करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ८८ वटा स्टक्सको मूल्य बढ्दा १५९ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो। यसदिन पाँच समूहको उपसूचक सकारात्मक देखिएका छन्। हाइड्रोपावर,लाइफ इन्स्योरेन्स,मनु एण्ड प्रो,म्युचुअल फण्ड र अदर्श समूहको उपसूचक बढ्दा अन्यको घटेको हो।
Facebook Comment