प्रतिनिधि सभाको बैठक बिहीबार ११ बजेसम्मलाई स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुख घिमिरेले प्रमुख पाँच दललाई सहमतिका लागि गृहकार्य गर्न समय दिएकाले बिहीबार बिहान ११ बजेसम प्रतिनिधि सभाको बैठक स्थगित गरिएको हो ।

मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठक ढिला गरी सुरू भएको थियो। उक्त बैठक सुरू भएको करिब ५ मिनेटमै आधा घण्टाका लागि स्थगित भएको थियो।

निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उभिएर विरोध गरेका थिए। ‘भिजिट भिसा’का नाममा मानव तस्करी भइरहेको भन्दै ती दलले निष्पक्ष अनुसन्धान नभएसम्म सदनको अवरोध जारी रहने बताउँदै आएका छन् ।

आधा घण्टाका लागि स्थगित भएको बैठक अहिले सूचना टाँस गरी साढे ४ बजेसम्मका लागि स्थगित गरिएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *