रास्वपा र राप्रपाद्वारा संसद्मा नाराबाजी

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले नाराबाजी गरेका छन् । बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गरेका हुन् ।

‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपा र राप्रपाले विगत केहीदिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । रास्वपाका सांसदहरूले भिजिट भिसा र अध्यागमनका विषय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *