जनै हराएको मान्छेः सम्बन्धका कथाहरुका भोलाराज र आरुसको क्यारेक्टर लुक्स
काठमाडौं । फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’का कलाकार भोलाराज सापकोटा र आरुस भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । केही दिन अगाडि फिल्मका मुख्य कलाकार विजय बरालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको थियो ।
भोलाराज कमिज, स्टकोट र ढाका टोपीमा छन् । झुस्स दारीमा रहेका उनी थोरै तनावमा देखिएका छन् । आरुस झोला बोकेर कपाल मुन्डन गरेको अवस्थामा रातो लुगामा छन् । लुगा पसिनाले निथ्थ्रुक्क भिजेका छन् ।
उनको यो स्वरुपले उनी संस्कृत भाषा पढिरहेको संकेत गरेको छ । पृष्ठभूमिमा रहेका मन्दिरहरूले यसलाई पुष्टि गर्छ । भोलाराजको छोराको भूमिकामा आरुस छन् । उनले भनेका छन्, यो संसारमा सबैभन्दा महंगो केरो बाबाको पसिना रहेछ । यसले बाउले छोराका लागि गरेको संघर्ष बुझाउँछ ।
फिल्ममा हिमाल न्यौपानेको निर्देशन छ । फिल्म भदौ ६ गते रिलिज हुनेछ । फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
फिल्ममा विजय, भोलाराज र आरुससँगै अभिनेत्री केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्ममा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के।सी सहायक निर्देशक रहेका छन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।
Facebook Comment