इजरायलले इरानमाथि आक्रमण गरेपछि अमेरिकी राष्ट्रपतिले केके भने ?

काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि इजरायलको आक्रमणबारे फक्स न्यूजसँग कुरा गरेका छन्।

राष्ट्रपति ट्रम्पले इजरायलको आक्रमणबारे पहिले नै जानकारी भएको बताएका हुन्। उनले यो इजरायली कारबाहीमा अमेरिकी सेना संलग्न नभएको बताए।
ट्रम्पले भने, ‘इरानसँग आणविक बम हुन सक्दैन। हामी वार्ता पुनः सुरु गर्ने आशा गर्छौं। के हुन्छ हेर्नेछौँ।’

इजरायली आक्रमणमा धेरै शीर्ष इरानी नेता मारिएको अमेरिकाले पुष्टि गरेको छ।

ट्रम्पले आफ्नो प्रशासनले आक्रमण हुनुभन्दा पहिले नै मध्यपूर्वी क्षेत्रका एक प्रमुख सहयोगीलाई सम्पर्क गरेर जानकारी गराएको बताए। तर उनले त्यो देशको नाम भने खुलाएनन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *