आईपीएल विजय उत्सवका लागि बीसीसीआईले निर्देशिका बनाउने
काठमाडौं— भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को विजय उत्सवका लागि दिशानिर्देशहरू तयार पार्ने तयारी गरेको छ ।
आईपीएल २०२५ को विजय उत्सवमा मनाउने क्रममा बेङ्गलुरुमा भएको भागदौडमा ११ जनाको समर्थकको ज्यान गएपछि बीसीसीआईले दिशानिर्देशहरू तयार पार्ने तयारी गरिरहेको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले पहिलो पटक आईपीएल उपाधि जितेको अवसरमा भएको भागदौडमा ५० जनाभन्दा धेरै घाइते भएका थिए ।
बीसीसीआईले अवसरको भावनालाई कमजोर नबनाई ट्रफी उत्सवलाई नियमन गर्ने तरिकाहरू खोजिरहेको खबरमा उल्लेख छ ।
यसैबीच बेङ्गलुरु भागदौड घटनामा पक्राउ परेका आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निखिल सोसालेले अन्तरिम जमानत पाएका छन् । तर उनलाई राहदानी समर्पण गर्न भनिएको छ ।
Facebook Comment