अभिनेत्री करिश्माको पूर्व पतिको निधन
मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री करिश्मा कपूरकी पूर्व पति तथा सोना कमस्टार कम्पनीका अध्यक्ष सञ्जय कपुरको इङ्ल्याण्डमा निधन भएको छ । उनी ५३ वर्षका थिए ।
समाचारअनुसार उनी पोलो खेल खेलिरहेका थिए । त्यही समयमा उनलाई श्वास लिन समस्या भएको थियो । उनले मैदान छोड्नासाथ उनलाई हृदयघात भएको थियो । जसकारण उनको तत्कालै मृत्यु भयो ।
सञ्जय र करिश्माले सन् २००३ मा विवाह गरेका थिए । उनीहरुका एक छोरी समायरा र छोरा कियान छन् । सन् २०१४ मा दुवैले आपसी सहमतिमा सम्बन्धविच्छेदको निवेदन दिए र सन् २०१६ मा सम्बन्धविच्छेदको टुंगो लागेको थियो । यसपछि सञ्जयले सन् २०१७ मा मोडल प्रिया सचदेवसँग विवाह गरेका थिए । उनीहरुको एक छोरा अजारियस छन् ।
सञ्जयको निधनको खबर सुन्नासाथ बलिउडका कैयौं कलाकार करिश्मालाई भेट्न उनको निवास पुगेका छन् । करिना कपूर र उनका पति सैफ अली खान पनि त्यहाँ पुगेका छन् ।
सञ्जयले निधनको केही घण्टा केही सामाजिक सञ्जालमा अहमदाबाद हवाई दुर्घटनामा दुःख व्यक्त गरेका थिए । ‘अहमदाबादमा एयर इण्डिया विमान दुर्घटनाको खबरले दुःखी छु । मेरो समवेदना र प्रार्थना सबै परिवारजन प्रति छ । भगवान उनीहरुलाई यो कठिन घडिमा शक्ति प्रदान गरुन्, उनले लेखेका थिए ।
Facebook Comment