इराक र इरानसँग अमेरिकाको तनाव बढ्दै

काठमाडौं— इरानसँग तनाव बढ्दै गएपछि अमेरिकाले इराकमा रहेको दूतावास आंशिक रूपमा खाली गर्ने भएको छ । सुरक्षा जोखिम बढेका कारण बगदादमा रहेका गैर–आवासीय अमेरिकी दूतावासका कर्मचारीहरू र उनीहरूका आश्रितहरूलाई इराकबाट बाहिर लाने अमेरिकी सरकारी स्रोतहरूले बताएका छन् ।

अमेरिकी अधिकारीहरुमाथि इजरायल र इरानमा कारबाही शुरु गर्न तयारी भइरहेको बीबीसीको खबरमा उल्लेख छ । अमेरिकाले इरान र इराकमा रहेका अमेरिकी निकायहरुमा आक्रमण हुनसक्ने अनुमान गरेर अमेरिकाले आफ्ना कार्यालयहरु सार्न लागेको हो । यस्ता निर्णयले गर्दा अमेरिका र इरानबीच हुन लागेको आणविक कार्यक्रमबारेको वार्ता पनि पछिल्लो दिनहरुमा रोकिएको देखिन्छ ।

यसअघि इरानले द्वन्द्व चर्किए त्यहाँ रहेका अमेरिकी सैन्य अखडालाई निशाना बनाउने चेतावनी दिएको थियो । यीनै कुरालाई आधार मानेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौतामा पुग्नेमा आफू कम विश्वस्त रहेको बताएका छन् ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा (सन् २०१८) मा त्यागेको इरान र विश्वका शक्ति राष्ट्रहरूबीच भएको सन् २०१५ को सम्झौतालाई प्रतिस्थापन गर्ने नयाँ आणविक सम्झौताका लागि गएको अप्रिलदेखि दुई देशबीच पाँच चरणको वार्ता भइसकेको छ ।

संयुक्त राज्य अमेरिकाको मध्यपूर्वमा धेरै सैन्य अखडा छन् र सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा कतारमा छ । इरान र संयुक्त राज्य अमेरिकाबीच इरानको युरेनियम सम्वद्धनलाई लिएर कूटनीतिक गतिरोध उत्पन्न भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *