मलेखु–मुग्लिन सडक भोलिदेखि राति साढे चार घण्टा बन्द हुने {सूचनासहित}

काठमाडौं— पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन–नारायणगढ सडक खण्ड भोलिदेखि असार ७ गतेसम्म राति साढे चार घण्टा बन्द हुने भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डले सूचना निकालेर मलेखु–मुग्लिन सडक खण्डमा रहेको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले असार ७ गतेसम्म रातिको समयमा सडक बन्द गर्न लागेको जानकारी गराएको हो ।

सूचना अनुसार राति साढे १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द रहनेछ । मुग्लिनबाट मलेखुतर्फ गुड्ने ठूला गाडीलाई मुग्लिन र साना गाडीलाई कुरिनटारमा रोकिने सूचनामा उल्लेख छ । यस्तै मलेखुबाट मुग्लिनतर्फ गुड्ने गाडीमध्ये ठूला गाडी मलेखु र साना गाडी शीतल बजारमा रोकिनेछन् ।

गाडी रोकिएको ठाउँबाट बिहान ३ बजेमात्रै अगाडि बढ्न दिने पनि सूचनामा भनिएको छ ।

सूचना हेर्नुहोस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *