स्रस्टालाई प्रेमध्वज सम्मान र पुरस्कार

काठमाडौं । गायक तथा संगीतकार स्व. प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्ती उनकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा मंगलवार भव्यताका साथ मनाइएको छ।

गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा ४ संगीतकर्मीलाई नगदसहित सम्मान गरिएको थियो। सो अवसरमा नगद १ लाख १ रुपि“यासहित प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२ बाट गायिका मीरा राणालाई सम्मानित गरिएको थियो। गायिका राणाकी पतिको प्रतिकुल स्वास्थ्यका कारण कार्यक्रममा सहभागी हुन नसकेपछि सो सम्मान उनको भाई विजेन्द्र मिश्रले ग्रहण गरेका थिए।
प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मानबाट वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई नगद ५० हजार रुपियाँसहित सम्मानित गरीएको छ।

त्यस्तै प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार २०८२ बाट गायक सुरजकुमार थापालाई नगद ५० हजार रुपिँयासहित सम्मानित गरियो भने प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत सम्मान सिन्धुपाल्चोकका गायक चन्द्र सिं घलेलाई नगद २५ हजार रुपियाँसहित प्रदान गरिएको छ।

सम्मान र पुरस्कार कार्यक्रमकी सभापती, प्रतिष्ठानकी संस्थापक अध्यक्ष तथा गायक प्रधानको पत्नी किरण प्रधान, प्रमूख अतिथि चौतारा सांगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा तथा अतिथीहरु सो नगरपालिकाकी उपप्रमूख सिता थापा, गीतकार तथा कवि दिनेश अधिकारी, गायिका तीर्थकुमारी थापालगायतले प्रदान गरेका थिए।

कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष तथा प्रेमध्वजकी भाञ्जी भुवन मास्केले चौतारावासीको तर्पmबाट गरिएको सम्मान ग्रहण गरेकै हलमा आएर कार्यक्रम गरिएको जनाउँदै त्यसप्रति खुशी व्यक्त गरिन्। गीतकार तथा दिनेश अधिकारीले प्रेमध्वजको व्यक्तिगत तथा सागितीक जीवनबारे चर्चा गर्दै प्रधान व्यक्तिको रुपमा पनि निकै सरल र असल स्वभावको रहेको बताए। उनले सिन्धुपाल्चोकका विद्यार्थी प्रेमध्वजको बारेमा विद्यावारिधी गर्नुपर्ने बताए । उनले चौताराको कुनै स्थल प्रेमध्वजको नाममा नामाकरण गर्न, प्रेमध्वजको नाममा छात्रवृत्ती र पुरस्कार स्थापना गर्नसमेत स्थानिय सरकारलाई सुझाए।

नगर प्रमूख सापकोटाले प्रेमध्वज राष्ट्रिय विभूतीका साथै सिन्धुका नीधि भएको चर्चा गर्दै उनको नाममा चोक चौतारा निर्माण गर्न वा उनको योगदानको कदर गर्न कन्जुस्याई नगर्ने बताए।

कार्यक्रममा गायक सुरजकुमार थापा, चन्द्रसिह घले र रोशन श्रेष्ठले प्रेमध्वजका गीतहरु प्रस्तुत गरेका थिए भने स्थानिय वनदेवी माविका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए।

गायक प्रधानको ४ वर्षअघि २०७८ सालमा निधन भएको थियो। प्रधानको नाममा उनको परिवारले २०७९ सालमा गोल्डेन भ्वाइस प्रेमध्वज स्मृती प्रतिष्ठानको स्थापना गरेको हो। जसले प्रेमध्वजको जन्मजयन्तीको अवसर पारेर प्रत्येक दुई वर्षमा नेपाली सुगम संगीतमा साधनारत संगीतकर्मीलाई सम्मान गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *