प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्रीमाथि छानविन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेपछि आजको बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन्। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग दैनिक रुपमा छलफल गरिरहेका छन् ।

आजको बैठकमा पनि विपक्षीले उठेर विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले भोलि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना पढेर सुनाए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *