ध्रुव एस्ट्रो वास्तु स्टुडियोद्वारा प्रेरक सम्मान, कुम्भको तयारी तीव्र

काठमाडौं । ध्रुव एस्ट्रो वास्तु स्टुडियोको आयोजनामा राजधानीमा ‘प्रेरक सम्मान’ कार्यक्रम गरिएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व, प्रेरक आमाहरु, समाजसेवी, कलाकार, सञ्चारकर्मी र अध्यात्मिक अगुवाहरूलाई सम्मान प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा नेपाल भारत – विश्व मैत्री संघका नव निर्वाचित पदाधिकारीहरूको घोषणा समेत गरियो, जहाँ ध्रुव एस्ट्रो वास्तु स्टुडियोका संस्थापक तथा फिल्म निर्माता ध्रुवराज पराजुली संघका उपाध्यक्षको रूपमा सर्वसम्मत चयन भएको घोषणा गरियो।

ध्रुव एस्ट्रो वास्तु स्टुडियोले पछिल्लो समय अध्यात्म, वास्तुशास्त्र, चलचित्र निर्माण र सांस्कृतिक परियोजनामा उल्लेखनीय काम गर्दै आएको छ। संस्थाको ब्यानर अन्तर्गत निर्माणाधीन फिल्म ‘कुम्भ’ले प्रतिक्षाको विषय बनेको छ ।

नेपाल–भारतको विभिन्न लोकेसनमा छायांकन भइरहेको फिल्म फिल्म एक अन्तर्राष्ट्रिय स्तरको नेपाली एक्शन थ्रिलर हो जसमा नेपाली तथा भारतीय कलाकारहरूको सशक्त अभिनय रहनेछ। फिल्म नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुँदैछ।

फिल्मका निर्माता ध्रुवराज पराजुली, राजेश शाह, र रन्धिर श्रेष्ठ हुन् भने निर्देशक रन्धिर श्रेष्ठ स्वयम् रहेका छन्। कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन्। फिल्ममा सुनिल थापा, रोहित रुम्बा, अशोक आर्यन, सृष्टि खड्का, सुरेन्द्र ठाकुर, सुशील पोखरेल लगायतका कलाकारको अभिनय रहनेछ। फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ ।

कार्यक्रममा ध्रुव एस्ट्रो वास्तु स्टुडियोको नयाँ लोगो पनि औपचारिक रूपमा सार्वजनिक गरियो, जसले संस्थाको आधिकारिक अस्तित्व र भविष्यको दिगो योजना प्रति प्रतिबद्धता दर्शाउँछ।

कर्याक्रममा पूर्व उपराष्ट्रपति परमानन्द झाज्यूको प्रमुख आतिथ्य र वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, निर्वाचन अधिकारी अरुण कुमार प्रधान, र महिला निर्वाचन अधिकारिक देवी सुवेदी अतिथी थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *