प्रचण्ड भन्छन्: माधव नेपाल र विप्लवसँग पार्टी एकताबारे छलफल भइरहेको छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव कुमार नेपाल र विप्लवसँग पार्टी एकताको छलफल चलिरहेको बताएका छन्।

मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामा रहेका नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासँग एकताको छलफल चलिरहेको बताएका हुन्।

प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउने गरि ध्रुविकरणको कार्यलाई प्राथमिकतामा राखिएको जिकिर गरे।

प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको र अभियानका क्रममा माओवादीको पक्षमा जनमत बढ्दै गएको देखिएको बताए।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्।

माओवादीमा प्रवेश गरेका नेताहरूलाई उचित जिम्मेवारी दिइने प्रचण्डले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *