युके र क्यानाडा पठाइदिन्छु भन्दै ११ करोड ठग्ने पक्राउ

काठमाडौं— युके र क्यानाडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा भक्तपुर नगरपालिका-२ बस्ने रबिन्द्र बासुकला, मोरङ रतुवामाई नगरपालिका-१० घर भएका लक्ष्मण पराजुली र धनुषा सबैला नगरपालिका-१२ घर भएका अरूण राज शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये रबिन्द्रले क्यानाडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ६० हजार रूपैयाँ तथा लक्ष्मण र अरूणले युके पठाइदिन्छु भन्दै ३८ जना पीडितहरूबाट ११ करोड ६ लाख ९७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

रबिन्द्रलाई भक्तपुर नगरपालिका-२ ब्यासीबाट सोमबार तथा लक्ष्मण र अरूणलाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट आइतबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *