दर्शक तान्दै जन्ते बाख्रो

काठमाडौं । गत शुक्रबार अर्थात् जेठ २३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जन्ते बाख्रो’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्मको निर्माण टिम कलाकार सहित शुक्रबार तथा शनिबार दर्शकको राम्रो चाप देखिएको हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको थियो ।

अभिनेताद्धय सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्मले दर्शकबाट ‘उत्कृष्ट वडअफ माउथ’ पाएको छ । दर्शकको वर्डअफ माउथ उत्कृष्ट मिलेकाले आइतबारसमेत फिल्मको व्यापार राम्रो हुने अपेक्षा निर्माण टिमको छ ।

फिल्म हेरेका अधिकांश दर्शकले अभिनेता सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको अभिनयको तारिफ गरेका थिए । यस्तै, निर्देशक सिमोस सुनुवारको निर्देशकिय पाटो समेत प्रशंसा गरेका हुन् । यत्ति राम्रो मौलिक तथा पुरानो संस्कृतीलाई समेटेर पूर्ण मनोरञ्जनात्मक नेपाली फिल्म निर्माण गरेको भन्दै निर्माता सन्तोष गौतमको समेत तारिफ दर्शकले गरेका थिए ।

प्रदीप भारद्वाजको लेखनमा तयार भएको फिल्म सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

मुईन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायाङ्कन निर्देशन, उत्तम हुमागाईंको छायाङ्कन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *