हाम्रा भाषा, संस्कृति र सभ्यताहरु हराउँदै गए, जोगाऔँ : मन्त्री अधिकारी

काठमाडौं—  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हाम्रा भाषा, संस्कृति र सभ्यताहरु हराउँदै गइरहेको बताएका छन् ।

मातृभाषा नेपाल भाषाको प्रयोग, प्रचार र प्रवद्र्धन विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले नेपालको मूल्य, मान्यताहरु हराउँदै गर्दा संस्कृति एवम सभ्यता जोगाउने र यसको संरक्षण गर्ने कुरामा सबैको ध्यान जान जरुरी रहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रा भाषा, संस्कृतिहरु अहिले मेटिँदै गएका छन् । हराउँदै गएका छन् । हाम्रो सभ्यताहरु समेत हराउँदै गइरहेका छन् । अनुशासन, मूल्य, मान्यताहरु हराउँदै गएको महशुस भइरहेको छ । यसलाई सबैले ध्यान दिएनौं भने भोलिको पुस्ताले के गर्लान यो सोच्न आवश्यक छ । संस्कृति सभ्यता जोगाउने र यसको संरक्षण गर्ने कुरामा हाम्रो ध्यान जान जरुरी छ ।

साथै उनले अहिलेको आवश्यकता र  मागलाई बुझ्दै सुधार गर्दै जानुपर्ने अवस्था रहेको समेत बताए । उनले अहिले सरकारले संविधानमा देखिएका कमिकमजोरीहरुलाई शंसोधन गर्ने कुरा उठाएको र त्यसलाई शंसोधन गर्दा आवश्यक कुराहरु के छन् त्यतातिर सरकारको ध्यान जानुपर्ने बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *