अभिमन्युः च्याप्टर १ को काउन्ट डाउन सुरु
काठमाडौं । फिल्म ‘अभिमन्युः च्याप्टर–१’ले पोस्टर सार्वजनिक गर्दै काउन्ट–डाउन सुरु गरेको छ । सय दिने काउन्ट–डाउन सुरु गर्दै निर्माण टिमले आज पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा उल्लेख भएअनुसार अब यो फिल्म रिलिज हुन ९९ दिन बाँकी छ । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुँदैछ ।
पोस्टर तराईको सेटअपमा छ । धानबारीको फाँट र छेउमा केराको बगानले तराईको सेटअप देखाउँछ । धानबारीमा एक युवकले सानी नानीलाई सरकारी स्कुलको पोसाकमा आफ्नो हातमा किताब र कपी च्यापेर बोकेर लैजाँदै गरेको देखिन्छ । उनीहरू दुवै मधेसी समुदायका छन् ।
फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ । फिल्ममा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौलाको अभिनय छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्ममा सुशान्त गौतमको डेब्यू निर्देशन छ । मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि फिल्म ‘बाटोः रोड टु डेथ’ निर्देशन गरेका थिए ।
फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
जीवन शाक्य लाइन प्रोड्यूसर रहेको यस फिल्ममा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ । फिल्म विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।
Facebook Comment