प्रिमियरमा जन्ते बाख्रोलाई सुखद प्रतिक्रिया

काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’ को आयोजित प्रिमियर हेरेपछि सेलिब्रेटीले मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन् । बुधवार बेलुकी सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्समा आयोजना गरिएको प्रिमियरमा फिल्म हेरेपछि अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथालाई पर्दामा हेर्न पाएको प्रतिक्रिया दिईन् ।

उनले भनिन्, ‘म धेरैपछि हल भित्र निकै हाँसेकी छु । आशिफ दाई (आशिफ शाह) लाई पर्दामा देख्न पाउँदा निकै खुसी लाग्यो । उहाँ यसअगाडिका फिल्म भन्दा निकै भिन्न तरिकाले प्रस्तुत हुनुभएको छ ।’
अभिनेता संजोग कोइरालाले पनि नयाँ पुस्ताका लागि ‘जन्ते बाख्रो’ ले मनोरञ्जन दिने बताए । उनले अभिनेता शाहको ग्रामिण परिवेशसँगै फिल्ममा कैद भएका सुन्दर दृश्यको तारिफ गरे ।

अभिनेता तथा कमेडियन सन्दीप क्षेत्रीले फिल्म निर्माण कै प्रक्रियामा आफूले पटकथाको बारेमा जानकारी पाएको बताए । फिल्म हेरेर निस्किँदा पटकथालाई पर्दामा रमाइलोसँग प्रस्तुत गरिएको भन्दै उनले तारिफ गरे ।

अभिनेत्री गरिमा शर्माले आफूमा थप उत्साह बढेको बताइन । ‘प्रिमियरमा सबै फिल्म बुझेका मान्छे आउनु भएको छ । यहाँ हामीले रमाइलो फिल्म बनेको, होल्ड भएको, कहिँ कतै बोर नलागेको प्रतिकिया पाएका छौँ । यो हाम्रो टिमका लागि उत्साहजनक प्रतिक्रिया हो । हामीले पहिलो दर्शकलाई खुसी बनाउन सफल भएका छौँ, रेगुलर शोबाट पनि यस्तै प्रतिक्रिया पाउने अपेक्षा राखेकी छुु’ उनले भनिन् । पहिलो पटक मुख्य भूमिकामा रहेकी गरिमाले उत्साह, डरको समिश्रण भएकाले अहिलेको भावनालाई शब्दमा व्यक्त गर्न नसकिने बताइन ।

अभिनेता आशिफ शाहले दर्शक भएर हेर्दा फिल्म इन्जोय गरेको प्रतिक्रिया दिए । उनले गाउँको सेटअपमा पहिलोपटक काम गरेकाले नयाँ अनुभव संगालेको बताए । अभिनेता सौगात मल्लले पनि सार्वजनिक प्रदर्शन पश्चात दर्शकबाट आउने प्रतिक्रियाको पर्खाइमा आफू रहेको प्रतिक्रिया दिए ।

मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *