प्रतिनिधिसभा बैठक दुई बजे बस्ने
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने भएको छ । यसअघि उक्त बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।
विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेकाले दिउँसो दुई बजे बस्ने गरी समय परिवर्तन गरिएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९२० को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले सभाको बैठक दिउँसो दुई बजेका लागि तोकेको सूचनामा उल्लेख छ ।
Facebook Comment