दिपा र सारिकालाई उपाधि
काठमाडौं । विवाहित र अविवाहित महिलाहरु बिचको सौन्दर्य प्रतियोगीता ‘मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५’ सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरको हलमा आयोजित फिनालेबाट चारजना बिजेता छानियो । जसमा अविवाहित अर्थात ‘मिस रोयल ग्लोबल क्विन नेपाल २०२५’ तर्फ दिपा क्षेत्री बिजेता बनिन् भने मेरिता पोखरेल फस्र्ट रनरअप बन्न सफल भइन् ।
यस्तै विवाहित अर्थात मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५’ तर्फ सारिका बुढा विजेता भइन् भने सिर्जना राई फस्र्ट रनरअप बनिन् । आयोजक शाह स्टुडियो एण्ड कम्पनी प्रालि।का अध्यक्ष मोनु शाहले चारैजना विजेताहरुले नेपाललाई प्रतिनिधित्व गर्दै मलेसिया र मुम्बईमा हुने प्रतिस्पर्धामा सहभागीता जनाउन पाउने जानकारी दिए ।
शाहका अनुसार मिस तर्फकी बिजेता दिपा र मिसेस तर्फकी बिजेता सारिकाले मलेसियामा प्रतिनिधित्व गर्न पाउनेछन् भने मिस तर्फकी फस्र्ट रनरअप मेरिता र मिसेस तर्फकी फस्र्ट रनरअप सिर्जनाले मुम्बईमा प्रतिनिधित्व गर्न पाउनेछन् ।
उनीहरु मलेसिया र मुम्बई जाने तालिका आउन बाँकी रहेको र दुईमहिना भित्रमा पुगिसक्ने जानकारी गराइयो । मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५को फिनालेमा मिस तर्फ १० जना र मिसेस तर्फ ३ जनाबिच प्रतिस्पर्धा भएको थियो ।
Facebook Comment