अनटाइटल फिल्ममा कृषा निर्देशकका रुपमा अनुबन्धित
काठमाडौं । फिल्म ‘पिताम्बर’ फेम्ड निर्देशक कृषा चौलागाईले एक अनटाइटल फिल्मका लागि सहकार्यको सम्झौता गरेकी छन् । एक साता लामो जापान भ्रमणमा पुगेको समयमा निर्देशक चौलागाईले नयाँ फिल्म साइन गरेकी हुन् । उनले नेपाल, भारत र जापानका कलाकारहरुले एकसाथ काम गर्न लागेको उक्त फिल्मका लागि निर्देशकको जिम्मेवारी निर्वाह गर्दैछिन् ।
यो फिल्म यूएनए प्रोडक्सनले निर्माण गर्दैछ । फिल्ममा जापानको एक टिमको समेत सहकार्य रहने पक्का भएको छ । जापानमा रहेर फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा यो फिल्मलाई निर्माण गर्नेछ ।
यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाईं र निर्देशक कृषा चौलागार्इबिच कागजी सम्झौता भएको छ । फिल्मका लागि कृषाले निकै महंगो पारिश्रमिक लिएकी छन् । तर कति पारिश्रमिक लिइन् भन्ने निर्माण पक्षले केही खुलाएको छैन । फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । फिल्म नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ ।
कृषाले ‘पिताम्बर’पछि आफू नयाँ प्रोजेक्टमा जोडिएको भन्दै दर्शकको विश्वासलाई टुट्न नदिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । यो फिल्मको हाल धमाधम स्क्रिप्टमा काम भइरहेको छ ।
Facebook Comment