मधेश प्रदेशमा मङ्गलबार सार्वजानिक बिदा
महेन्द्रनगर (धनुषा) । मधेश प्रदेश सरकारले सार्वजानिक बिदा थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित बिदामा थप गरेको हो ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाका अनुसार यही वैशाख २३ गते मङ्गलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधबार कविर दास जयन्तीका दिन प्रदेशमा बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।
Facebook Comment